सिन्धुलीय श्रेष्ठ समाजको रक्तदान



 काठमाडौँ, साउन ७ गते ।

सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँले १५ औँ स्थापना दिवसको अवसरमा राजधानीमा सोमबार आयोजित रक्तदानमा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेवाः देया दवुका अध्यक्ष नरेश ताम्राकारले जाति, भाषा, कला, संस्कृति, पर्यटन विकास र सामाजिक जागरणको क्षेत्रमा सक्रिय सिन्धुलीय श्रेष्ठ समाजले वर्षेनी रक्तदान गर्दैआएकोमा खुशी व्यक्त गर्दै जातिजातिबीचको एकतामा यस्ता सामाजिक कार्यले सहयोग पु¥याउने बताउनुभयो ।

यस्तै, सिन्धुलीय श्रेष्ठ समाजका पूर्व अध्यक्ष रामकृष्ण श्रेष्ठले रक्तदानजस्तो पवित्र सेवामा श्रेष्ठ समाजले लागीरहनुपर्ने बताउनुभयो ।

यस्तै, समाजका अध्यक्ष कुमारलाल श्रेष्ठले रक्तदान गर्नुहुनेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा रक्तदाताहरुलाई नेवाः देया दबुका अध्यक्ष ताम्रकारले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्