गृह जिल्ला रामेछापमा यसरी मनाइयो पुष्पलालको स्मृति दिवस (फोटोफिचर)



७ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औ स्मृति दिवस गृह जिल्ला रामेछापमा पनि मनाइएको छ । सदरमुकाम मन्थलीस्थित हाटेचौरमा रहेको पुष्पलालको शालिकमा माल्यापर्ण गर्दै मनाइएको छ ।
स्मृति सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले पुष्पलालले सपना साकार पार्नुको पार्टीको मुल लक्ष्य रहेको बताए । स्मृति सभामा रामेछापका प्रदेशसभा सांसद, शान्ति पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका नगर प्रमुख रमेश वस्तेत लगायतको सहभागीता रहेको थियो ।

पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा मन्थलीमा संयुक्त रुपमा स्मृति दिवस मनाइएको हो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो ।

वि.स.१९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो । पुष्पलालको जन्मथलो रामेछापको भंगेरीमा पनी स्मृति दिवशको अवसरमा कार्यक्रम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्