देशभरकै काठकाे पाेल हटाउन मन्त्रीपरिषदमा प्रस्ताव लैजान्छुः मन्त्री पुन



११ साउन, काठमाडाैं ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफु देशभरका काठका पोल विस्थापन गर्ने प्रकृयामा रहेको बताएका छन् । काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक देखिएको भन्दै उनले त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लैजाने जानकारी दिए ।

रामेछापका विभिन्न क्षेत्रमा काठकाे पाेल भएकै कारण नागरिकहरूले ज्यान गुमाउने अवस्था अाएपछि उनले भने,‘बर्षा याममा काठको पोलका विजुली सर्ट भएर धेरै दुर्घटना भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्युलाई समेत जानकारी गराइसकेको छु, उहाले मलाई अनुमति दिइसक्नुभएकोल यो प्रक्रिया छिट्टै अघि बढ्छ ।’ 

 विद्युत सेवालाई सुरक्षीत,विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदै उनले नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाईतेको संख्या बढिरहेको बताए । नागरिकको स्वास्थ्यको क्षेत्रमा गंभिर बन्न मन्त्रिपुनले यसमा सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो बार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्नेमा जोड दिएका हुन् । मन्त्री पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘मैले सुनेको छुु १ जना निर्माण व्यवसायीले नै ७४ ठेक्का आफै लिनुभएको छ, ठेक्का प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ, उनले भने ।  मन्त्री पुनले उर्जा क्षेत्रलाई जनताको सहभागीतामुलक बनाउने जानकारी दिदै मन्त्रालयले ३ हजार मेगावाट विजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको बताए ।   

प्रतिक्रिया दिनुहोस्