सुनापती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा जाने



१२ साउन, रामेछाप ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा जान कडाई गरिने घोषणा गरेपनि रामेछापको सुनापती गाउँपालिकाले भने विदेश भ्रमणमा जाने विषय नीति तथा कार्यक्रममा नै समावेश गरेको छ । सुनापती गाउँपालिकाको नीति तथा कार्यक्रम मार्फत कर्मचारीलाई शिेष प्रोत्साहन गर्न एवं आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले कार्यालयको काममा बाधा नपुग्ने गरी एक हप्ताको विदा वा काज र सुरु महिनाको तलब बराबरको रकम सहितको सुविधा सहितको सुविधा सहितको जनप्रतिनिधि समेतको सलग्नतामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अवलोकन भ्रमणमा जाने व्यवस्था मिलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।


गाउँपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा भनिएको छ–यस व्यवस्थाले स्थानीय सरकार स्थापनको विशेष समयमा योगदान पुर्याउने कर्मचारीहरुको मनोबल उच्च, उत्साहित र उत्प्रेरित हुने अपेक्षा लिएको छु । यस कार्यक्रममा लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
रामेछापको आठ वटा स्थानीय तहमा कहीँ पनि विदेश भ्रमणको विषय समावेश नभए पनि सुनापती गाउँपालिकामा भने विदेश भ्रमणको विषय नीति तथा कार्यक्रममा नै सहभागी गरिएको छ । सुनाती गाउँपालिका–५ का वडा अध्यक्ष ठूलोकान्छा तामाङले नीति तथा कार्यक्रममा समावेश गरिए पनि जाने देशको टुंगो लागि नसकेको बताए । उनले रामेछाप न्युजसँग भने,‘नीति तथा कार्यक्रमा समावेश गरिएको छ, यस बारेमा अब गाउँपालिकाको बैठकमा छलफल हुन्छ ।’

नीति तथा कार्यक्रमप्रति जनप्रतिनिधिहरुले नै असन्तुष्टि जनाएका छन् । सुरुमा छलफल भएको विषय भन्दा फरक नीति तथा कार्यक्रम आएको भन्दै आपत्ति जनाएको एक वडा अध्यक्षले रामेछाप न्युजलाई बताए । ती वडा अध्यक्षले भने,‘जनताको विकासको आकांक्षा नै पूरा गर्न नसकिरहेको अवस्थामा विदेश भ्रमणमा जानको लागि बजेटको व्यवस्था समेत गरिनु जनप्रतिनिधिहरुलाई नै बदनाम बनाउने काम हो, अब गाउँ कार्यपालिकाको बैठकममा कुरा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्