‘गफ होइन, दस महिनामा खैरेनीघाटको पुल बनाएर देखाउछु’



१५ साउन, रामेछाप ।
दस बर्षदेखि निर्माण हुन नसकेको रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुल आगामी दस महिनाभित्र निर्माण हुने भएको छ । पुल निर्माणको ठेक्का पाएको कन्काई÷लामा÷खम्पाचे जेभीले समयमा पुल निर्माण नगर्दा दस बर्षदेखि रामेछापका सुनापती र दोरम्बा गाउँपालिकाका बासिन्दाले सास्ती पाउदै आएका छन् ।

हाल इन्काई निर्माण सेवाले पुल निर्माणको काम गरिरहेको छ । पुल निर्माणको जिम्मेवारी पाउको कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले आगामी दस महिनाभित्र पुल निर्माणको काम सम्पन्न हुने दावी गरे । उनले रामेछाप न्युजसँग भने,‘पिलर निर्माणको काम सम्पन्न भएको छ,सिन्धुली तर्फ पिल्लर निर्माण र पुलको ढलानको काम भइसकेको छ, ६६ मिटर ट्रष्ट जडान गर्नको लािग पुल निर्माण स्थलमा निर्माण सामाग्री पुगिसकेको छ ।’

सुनकोसी घटने वित्तिकै काम सुरु गर्छुः मैलानी


विगतमा अरु साथीहरुले काम गरे । बीचमा पुलको डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आयो । डिजाइन परिवर्तन भएपछि केही समय काम गरेर ठेकेदारले छोडिदिए । उहाँहरुले काम नगरेपछि मैले काम सुरु गरे । मैले काम गरेपछि पुल निर्माणको काम फुल स्प्रिटमा अगाडि बढयो । अहिले दुवै तिरको आरसिसी ढलानको काम सकिएको छ । स्ट्रिलको सबै सामान पुल निर्माणस्थलमा पुगेको छ । अब समयमा नै पुल निर्माण हुन्छ । गफ दिएको होइन । अबको दस महिनाभित्र पुल बनाएर गाडी गुडाएर देखाउछु । दशैँ लगत्तै कोशीमा पानी घटेपछि धमाधम काम सुरु हुन्छ ।

ट्रस्ट फिट गरेपछि एक दुई दिनमै ढलान गर्न मिल्छ । स्ट्रील जडान गर्न ती महिना लाग्छ । डेढ महिना लोड टेस्ट गर्न लाग्छ । पुल बनेर पनि डेढ महिना गाडी चलाउन मिल्दैन । ठुक्क भए हुन्छ । यस आर्थिक बर्ष भित्र पुल सम्पन्न हुन्छ । दश महिनाभित्र जनताले गाडी चलाउन पाउछन् । पुल निर्माण गर्नका लागि ट्रस्ट जडान गर्ने टिम तयारी छन् । ठुलै बिपत्ति आयो भने भन्न सकिदैन । नत्र भने पुल निर्माण नहुनु पर्ने अब कुनै कारण छैन ।

प्रतिक्रिया दिनुहोस्