रामेछापमा कांग्रेसको विरोध प्रदर्शन लाग्यो यस्तो नारा (फोटोफिचर)



१५ साउन, रामेछाप ।
सरकारको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रामेछापको सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेपाली काँग्रेसले मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा पनि विरोध प्रदर्शन गरेको हो ।


मन्थलीको बिपि चोकबाट निस्किएको काँग्रेसको जुलुश मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा काँग्रेस कार्यकताहरुले सरकारको कडा विरोध गर्दै नारा लगाएका थिए ।

काेणसभामा नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, पूर्व सभापति रामचन्द्र खड्का लगायतले सम्बोधन गरेका थिए । सरकारले नागरिकका अधिकारहरु कुण्ठित गर्दै लगरे निरंकुशता लाद्ने प्रयत्न गरेको कर तथा मुल्यवृद्धि गरेर नागरिकहरुको ढाड सेक्ने काम गरेको भन्दै कांग्रेसले विरोध र्याली निकालेको हो । वर्तमान कम्युनिष्ट सरकारले गरेको महंगी ,करवृद्धि, न्यायीक क्षेत्रको हस्तक्षेप,संविधानको अपब्याख्या गरेकाे अाराेप लगाउदै सरकारकाे  विरुद्ध विरोध प्रदेशन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्