काग्रेसलाई प्रश्न–के हो अधिनायकवाद भनेको ?



के साँच्चिकै यो समयमा काङ्ग्रेस सडकमा उत्रिनै पर्ने भो त ? के का लागि उत्रिन्छ काङ्ग्रेस ?के हो अधिनायकवाद भनेको ? देउवाले गराएको चुनावबाट बहुमतले सत्ता सम्हालेका कम्युनिस्ट सरकार कसरी अधिनायकवाद भो ? देशै बाममय भएको छ, कम्युनिस्टले सत्ता सम्हालेका छन् । कम्युनिस्टका आफ्नै शिद्धान्त छ, आफ्नै दृष्टिकोण छ । यहि अनुसार कम्युनिस्टले सरकार चलाउँछ । यो नौलो कुरा होइन । हिजो काङ्ग्रेसले सरकार चलाउँदा आफ्नै सिद्धान्त अनुसार चलायो कि कम्युनिस्ट सिद्धान्त अनुसार चलायो रु बहुमतले सरकारको नेतृत्व गरेको कम्युनिस्टले आफ्नो सिद्धान्त अनुसार सरकार नचलाएर काङ्ग्रेसले भनेको , उसका सिद्धान्त अनुसार सरकार चलाउनु पर्ने हो रु सत्तामा हुँदा राज्यको ढुकुटीमा हालिमुहालि गर्दै आएको काङ्ग्रेस यतिबेला सत्ताबाट बाहिर रहनुपर्दाको छट्पटी मात्र हो, यो कुनै राजनीतिक ऐजेन्डा होइन ।

 

प्रतिक्रिया दिनुहोस्