रामेछापमा टिपरको ठक्करबाट पत्रकार नयाँघरे र चाैधरी घाइते



१७ साउन, रामेछाप ।
रामेछाप जिल्लामा पनि टिपर आतंक बढेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिका तर्फ जादै गरेको बा ८० प ८०३९ नम्बरको मोटरसाईकललाई रामेछापबाट मन्थली जाँदै गरेको बा ४ ख ४६९१ नम्बरको टिपरले बावियाखर्कमा ठक्कर दिँदा २ जना घाईते भएका हुन ।

मोटरसाइकलमा सवार रामेछाप पत्रकार बद्री नयाँघरे र नेपाल रेडक्रस सोसाइटी रामेछापका संयोजक जयनारायण चौधरी घाईते भएका हुन् । घाईतेहरु दुवैलाई रामेछापमा उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्तापलमा उपचार भइरहेको छ । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिम्सिेनाले पत्रकार नयाँ घर र चौधरीको अवस्था सुधारउन्नमुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्