पुष्पलालको जन्मभूमि रामेछापको भंगेरीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाइने



१७ साउन, रामेछाप ।
पुष्पलालको जन्मभूमि रामेछापको भंगरीलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाइने घोषणा गरिएको छ । सरकारले पुष्पलाल हरियाली पार्क बनाउने घोषणा गरेपनि काम अगाडि बढन सकेको छैन् । कम्युनिष्टहरुले रामेछापको भंगेरीलाई कम्युनिष्ट अध्ययन केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेपनि काम भने अगाडि बढन सकेको छैन् ।

तीन लालको जिल्लाको रुपमा पहिचान बनाएको रामेछापमा पुष्पलालको शालिक समेत केही बर्षदेखि व्यवस्थापन हुन सकेको छैन् । हरेक बर्ष स्मृति दिवसमा अलपत्र अवस्थामा राखिएको अर्धकदको शालिकमा माल्यपर्ण गर्दै मनाइदै आएको छ ।

सदाझै यस बर्षको स्मृति दिवसमा पनि नेताहरुले व्यवस्थापन हुन नसकेको शालिकमा माल्यपर्ण गरेर दिवस मनाए । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालल अलपत्र अवस्थामै दुई पटक उक्त शालिक माथि माल्यपर्ण गरिसकेका छन् । तर उक्त शालिक निर्माण किन हुन सकिरहेको छैन भन्ने प्रसंग भने बहसको विषय नै नबन्ने गरेको छ । यतिसम्म कि नेकपालाई अहिले उक्त शालिकले नै व्याङग्य गरेको देखिन्छ ।

विहिवार पुष्पलाल स्मृति प्रतिष्ठानले रामेछापको पुरानो सदरमुकाम रामेछापको भंगरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विरोधीहरुले जतिनै विरोध गरे पनि कामबाट, व्यवहारबाट र आचरणबाट जवाफ दिनु पर्ने भन्दै जनप्रतिनिधीहरुलाई जिम्मेवारी बन्न निर्देशन दिए ।
उक्त कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पुष्पलाल श्रेष्ठले सुरु गरेको कम्युनिष्ठ आन्दोलनले गर्दा पार्टी एकता सम्भव भएको बताए बताउदै रामेछापको भंगेरीलाई अन्तराष्ट्रिय स्तरको पर्यटकिय स्थल बनाउनु पर्ने यसको लागि केन्द्रमा पनि छलफल भएको बताए ।


पूर्व गृहराज्यमन्त्री समेत रहेका रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले पुष्पलालको भूमि रामेछापलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आवश्यक भएको बताए । उनले यस भंङ्गगेरलाई पर्यटकीय गन्तव्य बनाउनको लागि आफूले भुमिका खेल्ने बताउदै अब बालेर भन्दा पनि काम गरेर देखाउने बेला आएको बताए ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले पुष्पलालको जन्मस्थान रामेछापको भंङ्गेरीलाई पर्यटकियस्थल निर्माण गर्न प्रदेश सरकार लागि परेको बताए । उनले भंगेरीलाई पर्यटकीय बनाउनका लागि पहिलो किस्ता स्वरुप ३० लाख रुपैया रकम निकासा भइसकेको जानकारी दिए ।


पुष्पलाल स्मृति पतिष्ठान नेपालले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रामेछाप जिल्लाबाट निर्वाचित सम्पुर्ण स्थानीय तहका जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । रामेछाप लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका सगरमाथा आरोही प्रकाशराज पाण्डेलाई नगद सहित पुष्पलाल प्रतिभा पुरस्कार २०७५ बाट सम्मान गरिएको थियो । प्रतिष्ठानका संयोजक देवशंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यद्धय युवराज चोलागाई, माधव ढुंगेल, तीन नम्बर प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्