एनआईइसीले अष्ट्रेलिया र न्युजिल्यान्ड एजुकेशन फेयर गर्ने



१९ साउन, काठमाडौं ।
नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी ) ले अष्ट्रेलिया, न्युजिल्यान्ड एजुकेशन फेयर संचालन गर्ने भएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लक्षित गर्दै साउन २१ अर्थात अगष्ट ६ बाट एजुकेशन फेयर सञ्चालन गर्न लागेको हो ।
एनआइईसीले आफ्नो केन्द्रिय कार्यालय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्सको चौथो तलामा एक दिने मेला आयोजना गर्न लागेको छ । हो । एनआईइसीका प्रवन्ध निर्देशक सपना राजभण्डारीले परामर्श लिन चाहने विद्यार्थी तथा अभिभावकहरुले मेलामा निशुल्क प्रवेश पाउने बताइन ।

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा अस्ट्रेलिया र न्युजिल्यान्डका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटहरुको सहभागिता हुनेछ ।
विद्यार्थीले प्रत्यक्ष रुपमा विभिन्न देशबाट आउने आउने प्रतिनिधिहरुबाट आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् । मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरुले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेट गरी अन्तरक्रिया गर्ने अवसर पाउन राजभण्डारीले जानकारी दिइन ।
प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार मेलामा सम्बन्धित देशको जीवनशैली, कानुनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनौट, शैक्षिक नीति, रहनसहन आदि लगायतका महत्वपूर्ण जानकारीहरु एकै स्थानमा सहजै प्राप्त हुनेछ ।
परामर्श सेवा प्रदान गर्ने संस्थाहरु मध्ये निकै पुरानो अनुभवी र अग्रणी स्थानमा रहेको एनआईसीले विशेषगरी अष्ट्रेलिया र न्युजिल्यान्ड, युएस युके, आयरल्यान्ड, क्यानडा लगायतका लागि सेवा प्रवाह गर्दै आइरहेको छ ।
आफूले चाहेको देशमा विभिन्न आफ्नो डकुमेन्ट विषयप्रतिको ज्ञान उद्देश्य अनुरुप आइटी, नर्सिङ, म्यानेजमेन्ट, पब्लिक हेल्थ, इन्जिनियरिङ लगायतका विषयबारे पनि जानकारी लिन सक्ने बताउदै राजभण्डारीले आफूलाई लागेको जिज्ञासाको बारेमा विद्यार्थी र अभिभावकले खुलेर परामर्श गर्न सक्ने वातावरण हुने बताइन ।

मेलामा आईएलटिएसबारे बुझ्न व्रिटिश काउन्सिलरको उपस्थिती हुनेछ भने बैंक पार्टनर सिभिल बैक, एनएल आईसिसिलगायतको पनि सहभागिता हुनेछ । कन्सल्टेन्सीले विद्यार्थीलाई वातावरण अनुकुल शिक्षा, हाइटेक प्रविधिमा विषय विशेषज्ञ प्रशिक्षकहरुबाट अध्यापन गराउँदै आइरहेको छ । राजभण्डारीका अनुसार एक दिने मेलामा डकुमेन्टेसन र भिजाका सम्बन्धमा पनि परामर्श लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्