गोकुलगंगा गाउँपालिकामा एक सय घर पहिरोको जोखिममा



२१ साउन, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाभित्रका करिब एक सय घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । तीन बर्ष अघि गएको विनाशकारी भुकम्पको समयमा चिरिएको जमिनमा फाटने क्रम सुरु भएको छ । बर्षाको समयमा जताततै पहिरो खस्ने र वस्ती नै जोखिममा पर्ने त्रास बढेको छ ।


गाउँपालिकाभित्र जोखिमा रहेका घर र वस्तीको बारेमा जनप्रतिनिधिहरुले तथ्याङक संकलनको काम अगाडि बढाएका छन् । गाउँपालिकाको फर्पु र नामाडी वडाभित्र पहिरोको जोखिम बढी रहेको छ । पहिरोको कारण घर नै बगाउने खतरा रहेको गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता बलराम खड्काले बताए । उनले रामेछाप न्युजसँग भने,‘नामाडीमा जोखिममा परेका घरका एक परिवार बस्न नै छोडका छ, जताततै पहिरोको जोखिम बढेको छ ।’
उनका अनुसार गाउँपालिकाभित्र करिब एक सय घर पहिरोको जोखिममा परेका छन भने ती मध्ये ३० घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिका अन्तर्गत रहेको विपत् व्यवस्थापन समितिले जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नको लागि गृहकार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्