प्रधानमन्त्री ओलीसँग सत्तारुढ दलका सांसदले मागे अर्थमन्त्री खतिवडाको राजिनामा



२५ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा।युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका हुन् ।

अहिलेको बजेटबाट जनताको माग संबोधन हुन नसक्ने बताउदै सकिन्छ भने बजेट करेक्सन गर्न र नभए अर्थमन्त्री नै चेञ्ज गर्न उनले माग गरेका हुन् । अर्थमन्त्रीकै कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले असन्तुष्टि जनाए ।
प्राधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा पर्ने बताएका छन् । अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पु¥याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने दावी गरेका हुन् ।
प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै उनले भने,“हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं ।”
उक्त अवसरमा नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूर्णा सुवेदी, हिराचन्द्र के.सी., सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुका काम–कार्वाहीका साथै यो आर्थिक वर्षको वजेटका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सांसदहरुले प्रदेश नम्वर ५ का वाढी, डुवान, जंगली जनावारका आक्रमण, सिंचाइ र बाटोघाटो आदि विषयमा सरकारको ध्यानाकार्षण गराउनु भयो । प्रत्युत्तरमा प्रधानमन्त्रीले सांसदहरुका सबै चासोहरुको सुनुवाई हुँदै जाने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्