एसियाली युवा प्रोत्साहन अवार्डबाट अध्यक्ष लामा सम्मानित



२६ साउन, काठमाडौं ।
अनाथ एवं समाजका विभिन्न समुदायका बालबालिको पुनःस्थापन गरेर योगदान दिएको भन्दै ज्योतिको घर नेपालका अध्यक्ष विजय लामालाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको छ । युवा प्रस्ताले समाजप्रति देखाएको जिम्मेवारीको कदर गर्दे विगत दस बर्षदेखि वादी र चेपाङ समुदायका बालबालिकाहरुको पुनस्थापना कार्यमा काम गर्दै आएको ज्योतिको घर नेपालका अध्यक्ष लामालाई सम्मान गरिएको हो ।
राष्ट्रिय सभा गृहमा शनिबार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्धारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को कार्यक्रममा सभामुख महराले अध्यक्ष लामालाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्नुहुँदै विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताउनुभयो ।कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवाहरुलाई सम्माान गरिएको छ । कार्यक्रममा लामा सहित नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना युवाहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी भारत, भुटान, बंगलादेश, श्रीलंका, ताइवान,फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरबाट सामाजिक कार्यक्रममा क्रियासिशल एक/एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको छ ।
आजीवन बालबालिकै क्षेत्रमा काम गर्छुः लामा
समाजमा रहेका विपन्न, बाढीपहिरो पीडित, भुकम्प पीडित, मानव बेचबिखनमा परेका बालबालिकाहरुको पुनस्थापनको कार्यमा ज्योतिको घरले काम गर्दे आएको छ । हाल ज्योतिको घरले ४ सय ५० अनाथ बालबालिकाको पुनस्थापना गरी शिक्षा प्रदान गर्दै आएको छ । बालबालिकाहरुको स्वास्थ्यसँगै सिपमूलक तालिम लगायतको काम गर्दै आएको ज्योतिको घर दस बर्ष अघि स्थापना भएको हो ।


ज्योतिको घर नेपालका अध्यक्ष विजय लामाले विशेष गरी विपन्न वादी र चेपाङ समुदायको बालबालिकाहरुको क्षेत्रमा काम गर्ने उदेश्यको साथ संस्था स्थापना भएपनि हाल विभिन्न क्षेत्रका बालबालिकाहरुलाई पनि समावेश गरिएको बताउनुभयो । उहाँका अनुसार हाल हेडौडा र काठमाडौमा बालगृह सञ्चालनमा छ । दस बर्षको अवधिमा झण्डै आठ सय बालबालिकालाई पुनस्थापना गर्न सफल भएको संस्थाले आगामी दिनमा पनि समाजमा रहेका विपन्न र असाहे बालबालिकाहरुलाई पुनस्थापना गर्दै आने उदेश्य राखेको छ । अवार्डबाट सम्मानित भएपनि अध्यक्ष लामाले भन्नुभयो,‘सम्मानित भएपछि अझै ठूलो जिम्मेवारी थपिएको महशुस भएको छ, समाजमा रहेका विपन्न बालबालिकाहरुको जीवनस्तर उकास्नको लागि जीवनभर समर्पित भएर लाग्छु ।’ रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बामा जन्मिएर लामाले सामाजिक कार्यमा क्रियाशिल रहदै आउनुभएको छ ।
गोकर्णेश्वरी नगरपालिका– ६ जोरपाटीमा कार्यालयको रहेको ज्योतिको घरले आफ्नै जग्गामा अत्याधुनिक बाल गृह निर्माण गरेर सञ्चालन गर्ने योजना अगाडि सारेको छ । अध्यक्ष लामाले सरकार, राष्ट्रिय÷अन्तर्राष्टि संघ संस्थासँग समन्वय गरेर भवन निर्माण गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्