दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा प्रचण्ड पहिलो पटक दोरम्बा आउने



२८ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोरम्बा आउने भएका छन् । १५ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सहभागी हुन प्रचण्ड आउने भएका हुन् । नेकपाले आयोजना गर्ने दोरम्बा हत्याकाण्ड स्मृति दिवस एवं शहीद परिवारलाई सम्मान गर्न प्रचण्ड दोरम्बाको डाडाँकटेरी आउने कार्यक्रम तय भएको दोरम्बा गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपाका  नेता कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताए ।


उनले भने,‘हामी तयारीमा जुटेका छौ, हत्याकाण्डपछि पहिलो पटक अध्यक्ष प्रचण्ड आउनु खुसीको विषय हो ।’ उनका अनुसार २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले माओवादीका २१ जना नेता तथा कार्यकर्ताहरुलाई कब्जामा लिएर दोरम्बा र डडुवाको सीमाना डाडाँकटेरीमा सामुहिक हत्या गरेको थियो । उक्त घटनामा तत्तकालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा, अम्बिका दाहाल, रक्तिम लामा सहित २१ जनाको सामुहिक हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्