कान्छारामले चुनावमा बाँडेको पैसा हराएपछि रामेछाप कांग्रेसमा खैलाबैला



२९ साउन, रामेछाप ।
प्रनिनिधिसभा निर्वाचनको क्रममा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले मतदातालाई दिएको पैसा हराएपछि रामेछाप कांग्रेसमा खैलाबैला मच्चिएको छ । निर्वाचन सम्पन्न भएको छ महिना भन्दा बढी वितिसक्दा समेत कान्छाराले दिएको पैसाको अत्तोपत्तो नपाएपछि कांग्रेसका कार्यकर्ताहरुले हराएको पैसा पत्ता लगाइदिन कान्छारासँग नै गुहार मागेका छन् ।

सुनापती गाउँपालिका–२ दिपीपोखरीको साविक ५ र ६ नम्बर वडामा बिजुली बाल्न दिएको पाँच लाख रुपैयाँ हराएपछि खोजी सुरु भएको छ । दिपीपोखरीका राजकुमार लामाले फेसबुक स्टाटसमा लेखेका छन–पाँच लाख बिजुली बाल्नको लागि दिएको कुरा सुनियो, खुसी पनि भयौ, तर भगवान रामले दिएको पैसा कुन राक्षस रावनले ल्यायो भनन्ने कुरा एकिन नहुदा हामी त्यहाँतिर चुक्यौ ।’

कान्छारामलाई माम भन्दै सम्बोधन गर्दै लामाले लेखेका छन, ‘हामी गुहार माग्छौ, पैसा ल्याउने मानिसको नाम पत्ता लगाइदिनु पर्यो ?
यस्तो छ राजकुमार लामाले लेखेको स्टाटसः

प्रतिक्रिया दिनुहोस्