बलात्कारीलाई फासीको सजाय दिन सासद माझीकाे माग



३० साउन, हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश नं. ३ कि सांसद रिता माझीले देशभित्र दिनप्रतिदिन बलात्कारको घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै बलात्कारीलाई फाँसीको सजाय दिनु पर्ने माग गरेकी छिन् । प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।


नेपाली सेनालाई दिईएको फास्ट ट्रयाकले ललितपुरको खोकना, बुङमतिमा रहेको ऐतिहासिक धरोहरहरु भत्काउने भएकोले त्यसको संरक्षणको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय जनताको मुआब्जा बढाउनको लागि समेत माग गरिने ।
संसदमा बोल्दै साँसद माझीले वर्तमान अवस्थामा महिला माथि हुने हत्या, हिंसा र बलात्कार बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराईन भने बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने माग राखिन । दिनदहाडै हुने अपहरण, हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराध रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै साँसद माझीले संघीयता टिकाउनको लागि चरम रुपमा कर लिई जनता माथि शोषण गरिरहेकोले यसको भत्सर्ना गर्दै बृद्धि भएको कर खारेजीको माग गरिन ।

आजकै प्रदेश सभाले महान्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गरेको छ । बैठक ३० गते ४ बजे बस्ने गरी स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
47WCiVxv55Ecf29C, mmDpCaL7ni, Sl94u, 8IeExTdTeyM, 8qKYJD, pzzFd2YkE2gy2, uGZH33c80gSEIvn, z65HlQczkZBHUV, XKBaLQ, 0wEQ1Ao7mV