चार बर्षभित्र सित्खाबाट खाडाँदेवी मन्दिरसम्म केबलकार !



स्नेहा सिल्वाल

३० साउन, रामेछाप ।खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले आगामी चार बर्षभित्र नै खाँडादेवी मन्दिरसम्म केबलकार सञ्चालन हुने बताएका छन् । उनले प्रदेश सरकारले केबलकार निर्माण गर्न डिपिआरको लागि बजेट विनियोजन गरिसकेको बताउदै डिपिआएर भएलगत्तै निर्माणको काम अगाडि बढने बताएका हुन् ।


रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष तामाङले भने,‘गाउँपालिकाले खाँडादेवी मन्दिरलाई धार्मिक पर्यटकीय गन्व्य घोषणा गरिसकेको छ, पर्यटकको संख्या बढाउनको लागि मन्दिरको गुरुयोजना निर्माण गर्न बजेट नै विनियोजन गरेका छौं ।’ डिपिआर अनुसार मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणको काम पनि अगाडि बढाउने योजना बनाएको उनले बताए ।
गाउँपालिकाको आर्थिक समृद्धिको आधार धार्मिक पर्यटकीय क्षेत्रको रुपमा खाँडादेवी मन्दिरलाई लिएको बताउदै उनले केबलकार निर्माणको लागि गाउँपालिकाले उच्च प्राथमिकता िदएको बताए । अध्यक्ष लामाले डिपिआर बनाउने विषयसँगै केबलकार निर्माणको लागि लगानीकर्ताहरुले चासो व्यक्त गरेको बताए ।
बेकलकार निर्माणको लागि ठूलो बजेटको आवश्यकता पर्ने बताउदै उनले रामेछाप न्युजसँग भने,‘सित्खादेखि खाँडादेवीसम्म चार बर्षभित्र केबलकार निर्माण भएर सञ्चालमा ल्याउछौ, निजी क्षेत्र लगानी गर्न तयार छन, दस किलोमिटरको दुरीमा हामी छिटो भन्दा छिटो सञ्चालमा ल्याउछौ ।’
प्रदेश नम्बर ३ को सरकारको यस आर्थिक बर्षको बजेटमा सित्खा–खाँडादेवी–अग्लेश्वर हुँदै सैलुङ्गसम्म केबलकार निर्माण गर्नको डिपिआर तयार गर्नको लागि बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेलले केलबार निर्माणमा आफूले सक्दो पहल गर्ने बताए । सित्खादेखि खाँडादेवीसम्म हाल सडक निर्माण भएर यातायात सञ्चालनमा रहेको छ । पछिल्लो समयमा खाँडादेवी मन्दिरमा अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको संख्या बढेको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्