रामेछाप नेकपाका १३५ सदस्यको टुगो लाग्यो, प्रतिवेदन कार्यलादलाई बुझाइयो



३० साउन, रामेछाप ।
नेकपा रामेछापले जिल्ला कमिटीमा रहने १३५ जना सदस्यहरुको नाम टुंगो लगाएको छ । पूर्व जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र रामेछापबाट नेकपाका केन्द्रीय सदस्य सहभागी भएको कार्यदलले जिल्ला कमिटीमा रहने सदस्यहरुको नाम टुंगो लगाएको हो । पूर्व माओवादी केन्द्रले यस अघि नै आफ्नो भागमा परेको ६६ जना जिल्ला कमिटीको नाम टुंगो लगाइसकेको छ भने पूर्व एमालेको भागमा परेको ६९ जना सदस्यको नाम भने आज टुंगो लगाएर कार्यदललाई बुझाइएको छ ।

तस्बीरः युवराज चौलागाईको फेसबुकबाट

पूर्व एमालेको तर्फबाट यस अघि जिल्ला कमिटीमा रहेका ७४ जना सदस्यहरुलाई नै प्राथमिकता दिएको छ । नेकपाका नेता शान्ति पौडेलका अनुसार तेतिस प्रतिशत महिना पुर्याउनु पर्ने बाँध्यताको कारण एउटै क्षेत्रबाट जिल्ला कमिटमा रहेको केही सदस्यहरुलाई भने हटाइएको बताए । उनले करिब १२ जना महिलालाई जिल्ला कमिटीमा सहभागी गराइएको बताउदै केही नयाँ महिना अनुहार समेत रहेको रामेछाप न्युजलाई बताए ।
६६ जनामा पूर्व माओवादी केन्द्रबाट १२ जना महिलाहरुलाई जिल्ला कमिटीमा समावेश गरिएको छ । त्यसैगरी पूर्व एमालेले पनि ६९ जना सदस्यमा १२ जना भन्दा बढी महिलाहरुलाई समावेश गरेर नामावली बुझाएको छ । नेकपाका नेता धावा लामाले जिल्ला कमिटीमा रहने १३५ जना सदस्यहरुको नामावली कार्यदललाई बुझाएको रामेछाप न्युजलाई जानकारी दिए । तेसित प्रतिशत महिला पुर्याउनु पर्ने भएपनि १३५ मा करिब २४ जना मात्र महिला सहभागी भएको एक नेताले बताए । ३३ प्रतिशत पुर्याउनको लागि अझै वीस जना महिला अपुग हुन्छ ।

नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल, युवराज चौलागाई, नेताहरु धावा लामा, शान्ति पौडेल, मदनकुमार मोक्तान लगायतका नेताहरुले कार्यदलका सदस्यहरु नेता अष्टलक्ष्मी शाक्य, अग्नी सापकोटा, नारायण दाहाललाई जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्