आज १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस, प्रचण्डले सहभागी हुने



३१ साउन, रामेछाप ।
रामेछापको दोरम्बा हत्याकाण्ड घटेको आज १५ बर्ष पुगेको छ । नेकपाले आज दोरम्बामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउदै छ । २०६० साल साउन ३२ गते रामेछाको दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ ( छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवरfज मोक्तान र ललिा मोक्तानको सामुहिक हत्या भएको थियो ।


२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीबीच दोस्रो चरणको वार्ता चलिएरहेको अवस्थामा दोरम्बामा बैठक बसिरहेको घरबाट माओवादीका नेता तथा कार्यकर्ताहरुलाई कब्जामा लिएर सामुहिक हत्या गरिएको थियो ।

स्मृति दिवसको अवसरमा नेकपाले आज दोरम्बाको डाडाँकटेरमा स्मृति दिवसको आयोजना गरेको छ । कार्यक्रममा दोरम्बा हत्याकाण्डमा शहीद भएका परिवारलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन कार्यक्रम रहेको दोरम्बा गाउँपालिका अध्यक्ष समेत रहेको नेकपा नेता कमानसिंह मोक्तानले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्