कसरी घटयो दोरम्बा हत्याकाण्ड ? दाहालको बयान–सेनाको बन्दुक धकेलेर बाँचेको त्यो दिन



२०६० साल श्रावण ३२ गते हामी पार्टी योजना निर्माण गर्ने सिललिसामा रामेछापको दोरम्बा पुग्यौ । त्यहाँ ३ नम्बर ईलाको बैठक थियो । माओवादीले बैठक गर्दैछ भन्ने सूचना तत्कालिन शाही नेपाली सेना समक्ष सुराकीले पु¥याएछन । दोरम्बा सैलुङ्ग रेन्चमा पर्छ । जुनबेला भीषण बर्षादको समय थियो । कुहिरोले गर्दा एक किलोमिटर वरपर पनि केही नदिने अवस्था थियो । तत्कालिन समय युद्ध रणनीतिक हिसाबले सेना नयाँ रणनीत निर्माण गदै थियो । शाही सेनाको योजना युद्धविराम रामेछापबाट भंग गर्ने र नयाँ फौजी रणनीति प्रयोग गर्ने रहेछ । हाम्रो पार्टी पनि नयाँ योजना लागू गर्ने र प्रयोग गर्ने क्रममा थियो ।

हरि दाहाल ‘ललित’ तत्कालिन रामेछाप जिल्ला इन्चार्ज, नेकपा माओवादी

नेपाली जनयुद्धले देशीविदेशी प्रतिक्रियावादीहरु पुरै थर्कमान अवस्थामा थिए । भनिदै थियो– सगरमाथाको देशबाट नयाँ विश्व जन्मदै छ ।’ त्यहीं समयमा रामेछाको दोरम्बामा होनाहार नेपाली आमको छोराछोरी श्रावण ३२ गते दिउसो १२ बजे शाही नेपाली सेनाको कब्जामा परे । बैठक बसेको घरलाई घेरा हालियो । चारैतिरबाट गोली बर्सियो । हामीले केही सोच्नै सकेनौ । म लगायत सबै साथीहरु भित्र थियौ । भित्र मर्नु भन्दा पनि भन्दा भाग्नु नै राम्रो भन्ने निष्कर्ष निकालेर साथीहरुलाई मैले भागौ भने । ढोकामा आइपुग्दा सेनाले बन्दुक ताकेर बसेको रहेछ । बन्दुको पन्छाउदै म मकैबारीमा हाम फाले । ममाथि गोली बर्सियो । मकै बारीमा ज्यान बचाए । हामी ११ जना जसले बन्दुकको नाल समातेर फुत्किन सफल भएका थियौं ।

शाही सेनाहरुले घरभित्र भएको १९ जनालाई पक्राउ गरे भने दुई जनालाई त्यही घर छेउमै गोली दाबेर हत्या गरे । नरपिपासु ती अपराधीहरुले १९ जनालाई समाएर डोरीले हात पछाडि बाँधे । जनसरकार प्रमुख बाबुराम लामा (पुष्प) अम्बिका दाहाल (ललिका) टेकबहादुर मगर (विवेक) रक्तिम लगायतलाई यातना सहित कुटदै हामी बैठक बसीरहेको घरबाट मानेडाँडातर्फ लगियो । कुहिरो लागेको समय थियो । त्यसपछि एक घण्टा टाढा डडुवा र दोरम्बा गाविसको सीमानमा रहेको डाँडाकटेरीमा र्पुयाइयो । डाँडाकटेरीमा र्पुयाएपछि क्रान्तिकारी योद्धाहरुले एउटै स्वरमा भने, ‘ए हामीलाई कहाँ लान्छस् । सेनाले भन्यो–मन्थली । योद्धाहरुले फेरी भने हामी मन्थली जादैनौ हामीलाई छोड यो युद्धविरामको समय हो ।

युद्ध विरामको सम्झौतामा पाँच किलोमिटर बाहिर सेना नजाने भन्ने छ, किन सम्झौता उल्घंन गरिस ? शाही सेनाले आत्मसमर्पण गराउन जबरजस्ती र्गयो । तर जनमुक्ति यौद्धाहरुले उनीहरुको प्रस्ताव अस्वीकार गरेर भने–‘कि हामीलाई छोड कि हामी सबैलाई गोली ठोक ?’ डाँडाकेटरीमा शाही सेना र यौद्धाहरुबीच केही समय भनाभन भयो । त्यसपछि शाही सेनाले आफ्नो योजना अनुरुप सबैलाई कन्चटमा गोली हानेर हत्या र्गयो । शाही सेनाले सबै साथीहरुलाई एकै चिहान बनायो । दोरम्बा र देशभरी सहिदले बगाएको रगतबाट सामन्तवादको मुख्य नाइके राजतन्त्र अन्त्य भयो ।

दोरम्बा हत्याकाण्ड नेपाली जनयुद्धको जटिल र संवेदनशील मोडमा भएको घटना हो । यसलाई न्युनिकरण गरेर हेर्न मिल्दैन । यस हत्याकाण्डसँग केही प्रश्न पनि उब्जिको थियो । पहिलो सुराकी गरेको हो कि होइन ? दोस्रो आफ्नै कमजोरीका कारण तेस्रो दुस्मन आएको थाहा पाएर पनि आफनै कमरेडहरुले खबर गरेनन । चौथो सञ्चारलाई चुस्त पार्न सकिएन । पाँचौ रामकुमारको विवाह हुदैछ भन्ने गाउँमा गरेको प्रचार थियो । यी सबै प्रश्नको उत्तर भनेको युद्धविरामको मानसिकता, दुस्मनलाई कम आँक्ने सोच, हत्याकाण्ड मूलत सुराकीकै कारणले गर्दा भएको हो । यसमा कुनै शंका राख्नु हुँदैन र राखिएको पनि छैन ।

क्रान्ति महासग्रामको खेले हो । यसमा ठूलो बलिदानीको माग हुन्थ्यो, । त्यो साहसका साथ साथीहरुले कोटा चुक्ता गर्नुभयो । हत्याकाण्डले नेपाल स्तब्ध भयो । जिल्ला नेता कार्यकर्ता जनता, समर्थन, शुभचिन्तसम्मलाई यो कहाली लाग्दो पीडाले ठूलो छटपटिमा र्पायो एकातिर भने अकोतिर आक्रोश बदलाभावका साथ क्रान्ति पार्टीको नीति योजनालाई धैर्यतापूर्वक अगाडि लाने आँट र साहस पैदा गरायो । नेपाली क्रान्तिलाई वार्ताको माध्यबाट घेराबन्दी गरेको समय थियो । दोरम्बाको रगतले त्यो घेरा तोडदै सफलताको इतिहासको ठूलो मुल्य चुक्ता गरेको छ ।

मुख्य गरी नेपाली जनयुद्ध पुरानो सामान्तवादी राज्यको अन्त्य गदै जनवादी राज्य स्थापनाका लागि गरिएको हो । सहिदहरुले देखाएको सपना साकार भएको छैन । यो सामान्तवाद र विस्तावादको हस्तक्षेप विरुद्ध बगेको रगत हो । सहितले देखाएको सपना पूरा गर्नु नै उनीहरुप्रति सच्चा सम्मान हुन्छ । पार्टी्भित्रको गलत प्रवृत्तिका विरुद्ध र पार्टीलाई दक्षिणपन्थी संशोधनबाट बचाएर सही सच्च क्रान्तिकारी निर्माण गर्नु अहिलेको ठूलो चुनौती हो ।

महान् अभियानमा बगेको त्यो रगत अहिले आएर पार्टी नेता कार्यकर्ताहरुको कतिपय कार्यशैली, आर्थिक कारोबार सोचाई र आत्मकेन्द्रीत बन्दै गएको छ । सर्वहाराशैली असाधारण फुट, ढाट, छल कपट, अपारदर्शी बन्दै व्यक्तिगत निजी स्वार्थ्तिर गएको छ । यसले पूरै सहिदको सपनाको अपमान गदैछ भन्ने देखिएको छ । अर्कोतिर नेपाली सर्वहारा वर्गलाई निषेध गर्न खोजिदै छ । सर्वहारा वर्गको नेता कार्यकर्ताको विरुद्ध वैरीहरु पूरै आक्रमण गर्ने ढंगले आएका छन् ।

माओवादीको धेरै ठूलो वलिदान, त्याग र तपस्या लगायत सबै चुनौतीसँग मुकाबिला गदै अगाडि बढ्दै आएको पार्टी हो । दोरम्बामा बगेको रगत नयाँ राजनीतिक व्यवस्था निर्माण गर्न समाज निर्माणको लागि नयाँ आर्थिक व्यवस्थाका लागि थियो । दोरम्बाको डाँडाकटेरीबाट सहिदहरुले देखाएको सपना र उनीहरुले देखाएको क्रान्तिकारी बाटो नछोडौ ।
पार्टी्भत्र क्रान्तिकारी खोल ओढेका दक्षिणपन्थी अवसरवादसँग लड्दै जानु हाम्रो दायित्व र कर्तव्य हो । पुष्प, ललिका, विवेक, रक्तिम लगायतका २१ जना सहिदले देखाएको बाटो नभुलौं । दोरम्बा हत्याकाण्डमा देश र जनतालाई मुक्त पार्नको लागि हाँसीहाँसी जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु ।
अन्तयमा दोरम्बा हत्याकाण्डका मुख्य दोषी तत्कालिन शाही सेनाका मेजर राममणी पोखरेल हुन । उनलाई राज्यले अझै कारवाही गरेको छैन । कि गर्दैन यो मुख्य प्रश्न हो । यो सोचनीय प्रश्न हो । कारवाही गर्नुको सट्टा उल्टै पुरस्कार दिएर तत्कालिन सरकारले सम्मान ग¥यो । दोरम्बा हत्याकाण्डलाई विदेशी संघ संस्थालेसमम युद्ध अपराध हो भनेर भनेको छन् । किन १२ बर्ष वित्दा समेत कारवाही भएन अहम प्रश्न जन्मिएको छ । दोरम्बा हत्याकाण्डका दोषीलाई कारवाही नभएसम्म सहिद परिवारले शान्ति पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्