दोरम्बालाई युद्ध पर्यटनस्थलको रुपमा विकास गर्न विशेष पहल गर्छुः अध्यक्ष प्रचण्ड



३१ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक दोरम्बालाई युद्ध पर्यटनस्थलको रुपमा विकास गरिने बताएका छन् । उनले जनयुद्धको क्रममा दोरम्बाले ठूलो वलिदानी गरेको स्मरण गर्दै शहीदले देखाएको सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताएका हुन् । १५ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा नेकपा रामेछापद्धारा आयोजिन स्मृति सभालाई आज दोरम्बामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘दोरम्बा हत्याकाण्ड सिधा दरवारको योजना र निर्देशनमा घटाइएको हो ।’


उनले ऐतिहासिक बेथानबाट दोरम्बा हुँदै सैलुङसम्म गुरिल्ला पर्यटनको रुपमा विकास गरेर लैजान विशेष पहल गर्ने बताउदै पार्टी र सरकारले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रचण्डले भने,‘सरकार समृद्धिको लक्ष्य हासिल गर्नको लागि परेको छ ।’

उक्त कार्यक्रममा प्रचण्डले दोरम्बा हत्याकाण्डमा शहीद भएका परिवारका सदस्यहरुलाई सम्मान गरेका थिए । दोरम्बा हत्याकाण्डमा तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम लामा (पुष्प) सहित २१ जनाको हत्या भएको थियो । हेलिकोप्टर मार्फत दोरम्बा पुगेका प्रचण्डले सामुहिक हत्या गरिएकोस्थल डाँडाकटेरीमा रहेको शहीद स्र्मारकमा माल्यापर्ण गर्दै दोरम्बाको मानेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्