बागेश्वरी सहकारी र प्रगतिशील युवा समाजको साधारण सभा सम्पन्न



२ भदौ, काठमाडौं ।
वागेश्वरी साना किसान कृषि सहकारी संस्था लिमिटेड तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन र प्रगतिशील युवा समाजको १६औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।

 

राजधानीमा शनिवार सम्पन्न भएको साधारणसभा कार्यक्रममा रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको वागेश्वरी साना किसानले कृषकको क्षमता अभिवृद्धिका लागि पु¥याएको योगदानको प्रशसा गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, युवराज चौलागाई, कमल चौलागाई, माधव ढुंगेल,पूर्व सभासद डिल्लीमान तामाङ, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, खाँडादेवी गाउँपालिका–१ राकाथुमकका वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
वागेश्वरी साना किसान कृषि सहकारीका अध्यक्ष रुद्रबहादुर श्रेष्ठले सहकारी तथा समाजको कार्यप्रगतिबारे जानकारी दिएका थिए । वागेश्वरी र युवा समाजको आर्थिक प्रतिवेदन लेखा संयोजक विनोदकुमार श्रेष्ठ र सचिव मकर श्रेष्ठले सार्वजनिक गरेका थिए । उपाध्यक्ष रामकुमार श्रेष्ठले युवा समाजको भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

बागेश्वरी सहकारीका पदाधिकारीः
अध्यक्षः रुद्र बहादुर श्रेष्ठ
उपाध्यक्षः खड्ग बहादुर श्रेष्ठ
सचिवः सुदिप श्रेष्ठ
कोषाध्यक्षः प्रेम कुमारी श्रेष्ठ
सदस्यः टेक बहादुर श्रेष्ठ
सदस्यः बिना श्रेष्ठ
सदस्यः पुनमाया श्रेष्ठ
सदस्यः चेत नारायण श्रेष्ठ
सदस्यः बद्री कुमार श्रेष्ठ

लेखा समिति
सयोजकः विनोद कुमार श्रेष्ठ
सदस्यः रामकुमार श्रेष्ठ
सदस्यः रमेश श्रेष्ठ

प्रगतिशील युवा समाजका पदाधिकारीः 

अध्यक्षः कृष्णकाजी श्रेष्ठ
उपाध्यक्षः नर बहादुर श्रेष्ठ
महासचिवः रामकुमार श्रेष्ठ
कोषाध्यक्षः कविता श्रेष्ठ
सचिवः मकर श्रेष्ठ
सदस्यः नारायण श्रेष्ठ
सदस्यः ईन्द्र श्रेष्ठ
सदस्यः असिम श्रेष्ठ
सदस्यः मिन कुमार श्रेष्ठ (प्रविण)
सदस्यः विनोद कुमार श्रेष्ठ
सदस्यः सुन्तली श्रेष्ठ
सदस्यः दुर्गा खाति
सदस्यः तिर्थमाया श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्