रामेछापवासीको मन जितेर विदाई भए डा. प्रकाश शाह



राजन महतारा क्षेत्री
३ भदौ, रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाहको विदाई गरिएको छ । विगत तीन वर्षदेखि रामेछाप जिल्लामा रहेर स्वास्थ्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका शाहको स्वास्थ्य विभागमा सरुवा भएसँगै विदाई गरिएको हो ।
स्वास्थ्य कार्यालय रामेछापमा आयोजना गरिएको विदाई कार्यक्रममा बोल्दै डा. शाहले रामेछापको तीन वर्षे आफ्नो कार्यालयमा सोचेको भन्दा राम्रो काम गर्न सकेको बताए । उनले भने,‘म जहाँ पुगेपनि रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्वास्थ्य क्षेत्रमा काम गरेको १० वर्ष वितिसकेको, धेरै ठाउँमा जिम्मेवारी सम्हाल्दै आएपनि रामेछाप जिल्लावासी लगायत सबै सरोकारवाला निकायसको साथ सहयोेगकै कारण धेरै काम गर्न पाएकोमा म निकै खुसी छु, उनले भने । डा. शाहकै पहलमा दोलखा र सिन्धुली जिल्ला हेर्ने गरी रामेछापमा डिभिजन स्वास्थ्य कार्यालय स्थापना हुन सफल भएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका नगर प्रमुख नर बहादुर मगरले शाहको कार्यकाल जिल्ला अस्पताल रामेछापको लागि निकै महत्वपुर्ण रहेको बताए l


उनले भुकम्पपछि क्षतिभएको अस्पतालको समग्र विकासमा डा. शाहले खेल्नुभएको भुमिका निकै महत्वपुर्ण रहेको बताउदै आगामी कार्यकालय सफल होस भन्ने शुभकामना व्यक्त गरे । रामेछापको जिल्ला अस्पतालमा सिन्धुली र दोलखा रहने गरि स्वास्थ्य डिभिजन कार्यालय राख्नको लागि डा. शाहले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । तीन बर्षे कार्यालयमा डा. शाहले स्वास्थ्य क्षेत्रको सुधारको लागि उल्लेखनिय काम गर्न सफल भएका थिए । रामेछापमा डिभिजन कार्यालय राख्न खेलेको भुमिकाको कारण डा.शाहले रामेछापवासीको मन जितेर विदाई भएका छन् ।

प्रतिक्रिया दिनुहोस्