ओली सरकारको उपहारः पेट्रालियम पदार्थको भाउ फेरि बढयो



४ भदौ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जनताको ढाड सेक्ने गरी कर बढाएर आलोचित भएको सरकारले नागकिरहरुलाई थप मर्का पर्ने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २÷२ रुपैयाँले बढ्दा ९५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो ।

यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गोइतले बताए । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्