मन्थली विमानस्थल सञ्चालनमा ल्याउन पहल थालेका छौःनगरप्रमुख बस्नेत



४ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा केही बर्षदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल सुरु भएको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले मन्थलीबाट राजधानी काठमाडौंसम्म विमान सञ्चालनको लागि पहल गरिरहेको बताए ।

काठमाडौंसँगै छिमेकी जिल्ला सोलुखुम्बुको लुक्ला र फाप्लु विमानस्थलमा मन्थलीबाट उडान भर्ने गरी नागरिक उडयान तथा पर्यटन मन्त्रालयसँग कुराकानी भइरहेको बस्नेतले बताए । नगर प्रमुख वस्नेतले रामेछाप न्युजसँग भने,‘विमानस्थल सञ्चालन नहुँदा नागरिकहरुको धेरै गुनासो आएका छन, मन्थलीको विमास्थल सञ्चालनमा ल्याउन मात्र सके आर्थिक उत्पादनसँग जोडन सकिन्छ ।’

विमानस्थल सञ्चालन गर्नको लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको बताउदै उनले विमान सञ्चालन गर्न निजी क्षेत्र पनि तयार हुनुपर्नेमा जोड दिए । बन्द रहेको मन्थलीको विमानस्थल सञ्चालन गर्न सके आय आर्जनसँगै पर्यटक समेत भित्र्याउन सकिन्छ, केही घण्टा मात्र मन्थलीमा पर्यटन राख्न सक्यो भने पनि आम्दानीको स्रोत बढछ, उनले भने । सरकारले मन्थलीको आकाशेमा रहेको विमानस्थल केही बर्ष अघि कालोपत्रे गरेपनि सञ्चालन गर्नको लागि ध्यान दिन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
VWnAU1d7N8Z, nlruTS7M, CuVxPIbcErF, LoyhATvkZjfi4g, OR6CZnIXiMBCo1h, BKK4rm76UI8nRf, HDDWikfyTAi, DMZqXldkkGEhvuz, nBC33PnWkWlLYA2