नेकपा रामेछापको अध्यक्षमा तामाङ सचिवमा श्रेष्ठ



५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी रामेछापकाे अध्यक्षमा पूर्व सभासद डिल्लीमान तामाङ र सचिवमा पूर्व एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठ सिफारिस भएका छन् । प्रदेश कार्यदलले अध्यक्षमा तामाङ र सचिवमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।

नेकपा रामेछाप १३५ सदस्यीय जिल्ला कमिटी सदस्यको नाम पनि सिफारिस गरिसकेको छ । जसमा पूर्व एमालेबाट ६९ र पूर्व माओवादीबाट ६६ जना परेका छन् । भागवण्डा अन्तर्गत रामेछापमा जिल्ला इन्चार्ज पूर्व एमालेले लिने र जिल्ला अध्यक्ष पूर्व माओवादीले लिने सहमति भएको थियो ।

जस अनुसार पद बाडफाँड सहित अध्यक्ष र सचिवको नाम कार्यदलले सचिवालयमा सिफारिस गरेको हो । सचिवमा नाम सिफारिस भएका आनन्द श्रेष्ठले सर्वसम्म रुपमा आफ्नो नाम कार्यदलले सिफारिस गरेको रामेछाप न्युजलाई बताए । उनले भने,‘नाम सिफारिस भएको छ, अन्तिम निर्णय हुन बाँकी छ ।’

त्यसैगरी जिल्ला अध्यक्षमा नाम सिफारिस भएका पूर्व सभासद डिल्लीमान तामाङले आफ्नो नाम कार्यदलले सिफारिस गरेको जानकारी पाएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्