रामेछापको २ वटा विद्यालयमा राष्ट्रिय सेवा दलको तालिम



नारायण श्रेष्ठ
भदौ ६,रामेछाप । रामेछापको दुई वटा विद्यालयमा राष्ट्रिय सेवा दलले विद्यार्थीहरुको लागि तालिम सुरु गरेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको काकलिङ मावि र मन्थली माविमा राष्ट्रिय सुरक्षा दलले विद्यार्थीहरुको आत्मसुरक्षाको लागि तालिम सुरु गरेको हो ।


विद्यार्थीहरुको आफ्नो आत्मसुरक्षा र सामाजिक रुपमा स्वयमसेवक कार्यमा परिचालन गर्ने उद्देश्य सहित हरेक बर्ष राष्ट्रिय सुरक्षा दलले प्रदान गर्दै आएको तालिम रामेछापको मन्थली मावि र काकलिङ मावि दोरम्बामा सञ्चालन भइरहेको छ । यस तालिमले आगामी दिनमा विद्यार्थीहरुले राष्ट्रिय सुरक्षा फौजमा जान चाहेको अवस्थामा सहज हुने नन्द बक्स गण दोरम्बाका सेनानी रामचन्द्र कटुवालले बताए ।


२ वटा विद्यालयबाट ३६ जना पुरुष र ३६ जना महिला गरि ७२ जना तालिकामा समावेश गरेका र्छौँ । सय दिन चल्ने यस तालिकामा स्थानीय विद्यालयमा ७८ दिन र त्यसपछि मोरङको याङसिला २१ दिने तालिम हुनेछ ।
अनुशासन नेतृत्व विकास, बोलिचालको शैली, शालिन भएर बोल्ने, सकारात्मक सोचको विकास गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ । काकलिङ मावि दोरम्बाका प्रअ पञ्च प्रकाश चेम्जोङले विद्यालयमा २७९ दिनको सिकाई पश्चात २१ दिन थप तालिम गर्न मोरङको माङसिला जाने जानकारी दिए ।
दोरम्बा गाउँपालिका–२ दोरम्बा गाउँपालिकाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले विद्यालयमा सञ्चालन भईरहेको राष्ट्रिय सेवा दलको तालिमले विद्यार्थीहरुमा सामाजिक दायित्व र जिम्मेवार वहन गर्नेे बताए ।

प्रतिक्रिया दिनुहोस्