जिल्ला प्रशासन कार्यालय रामेछापले सुरु गर्यो भिडियो सहितको वडापत्र (भिडियोसहित)



६ भदौ, रामेछाप । सेवाग्राहीहरुको लागि सहज रुपमा सेवा प्रदान गर्ने उदेश्य सहित जिल्ला प्रशासन कार्यालय रामेछापमा भिडियो सहितको वडापत्र तयार गरेको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउनको लागि जिप्रका रामेछापले जिल्लामा पहिलो पटक भिडियो सहितको वडापत्र तयार गरेको हो ।


कार्यालयले तयार गरेको वडापत्र सञ्चालनमा आएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नागकिरहरुलाई सहज र सरल ढंगले सेवा दिने उदेश्यको सहित भिडियो सहितको वडापत्र सञ्चालनमा ल्याएको रामेछाप न्युजलाई बताए ।

वडापत्र कार्यालयमा राखिए पनि धेरै सेवाग्राहीले पढन नसक्ने अवस्था पाइएको बताउदै सुन्न र देख्न सक्ने गरी श्रव्यदृश्य सहितको वडापत्र निर्माण गरिएको बताए । प्रजिअ शर्माले भिडियो सहितको वडापभत्र कार्यालयको प्रतिक्षालय परिसरमा चौविसै घण्टा प्रशारण हुने बताए ।

हेनुहाेस  भिडियाे

 

 

प्रतिक्रिया दिनुहोस्