जिसस रामेछापका कार्यक्रम अधिकृत सुवेदीमाथि छुरा प्रहार



७ भदौ, रामेछाप ।
जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । मन्थली नगरपालिका–१ मच्छेडाँडीमा आफ्नै घरमा सुती रहेको अवस्थामा अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन् । राती नौ बजे घरमा इन्टरनेट चलाइरहेको अवस्थामा अचानक माक्स लगाएर घरभित्र प्रवेश गरेर अज्ञात व्यक्तिले सुवेदीको मुटुमा लक्षित गरेर छुरा प्रहार भएको परिवारको सदस्यले बताएका छन् ।


छुरा प्रहारबाट सुवेदीको पेटमा चोट लागेको छ । उनलाई तत्काल उपचारको लागि तामाकोसी सहकारी अस्पताल ल्याइएको थियो । मन्थलीमा उपचार हुन नसकेपछि सुवेदीलाई थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काका अनुसार मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेल लगिएको सुवेदीको अवस्था खतरामुक्त रहेको बताए । उनले अनुसार धुलिखेल अस्पतालकासुवेदीको आन्द्राको शल्यक्रिया गरिएको छ भने कलेजोका केही भागमा समेत चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बुधवार राती नौ बजे अज्ञात व्यक्तिले सुवेदीमाथि छुरा प्रहार भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘दोषीको खोजी तीब्र बनाइएको छ, छिट्टै दोषीलाई पक्रउ गछौं ।’ सुवेदीलाई छुरा प्रहार गर्ने अज्ञात व्यक्ति वरण्डाबाट भागेका थिए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काले तत्काल दोषीलाई पक्राउ गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्