रामेछापको हिमगंगामा पानी किनेर खाने बाँध्यता हटयो



राजन महतारा क्षेत्री
८ भदौ, रामेछाप । बिहान उठने वित्तिकै रामेछाप नगरपालिका–४ हिमगंगाका स्थानीयलाई पानीको जोहो गर्ने चिन्ताले सताउदै आएको थियो । तर सरकारले लिफ्ट सिस्टम मार्फत गाउँपामा पानी पुर्याएपछि खुसीले दंग भएका छन् । हिमगंगा–४ तिलवारीका टेकबहादुर कामी खानेपानी लिनको टाढाको बाटो हिडदा हिडदै हैरान भएका थिए । लिफ्ट मार्फत घरमा नै पानी आउने भएपनि उनी निकै खुसी छन । उनले रामेछाप न्युजसँग भने,‘अब सहज रुपमा खानेपानी खान पाइने आशा पलाएको छ ।’


सरकारले लिफ्ट सिस्टम मार्फत खानेपानी योजना निर्माण गरेपछि कामी मात्र होइन हिमंगगाका ८२ घरघुरीका बासिन्दा निकै खुसी भएका छन् । गाउँमा खानेपानीको स्रोत नहुदा यहाँका बासिन्दाले घण्टौ टाढा गाडीबाट खानेपानी ल्याएर खानुपर्ने बाँध्यता थियो । स्थानीय बिना मगर भन्छिन,‘खानेपानीको निकै ठूलो समस्या थियो, गाउँमा पानी नभएपछि गाडीबाट ल्याएर खान बाँध्य भएका थियौं, अब भने गाउँमा नै पानी आउने भएपछि खुसी छौं ।’

रामेछाप नगरपालिका–४ हिमगंगाको पङखर पचले खोलाबाट लिफ्ट मार्फत पानी तान्ने परीक्षण कार्य सफल भएपछि स्थानीयमा खुसियाली छाएको छ । हिमगंगाको पङखर पचले खोलाबाट १ किलोमिटर माथि रहेको तिलबारी डाँडामा सोलार सिस्टम मार्फत दुई लिफ्ट गरी पानी तान्ने परीक्षण कार्य सफल भएको छ ।
रामेछाप नगरपालिकाका इनजीनियर कुशुम भट्टराईले रामेछाप नगरपालिकाको नगर आयोजना अन्तर्गत कुल ६६ लाख लागतमा आयोजना निर्माण गरिएको बताए । आयोजना सफल भएसँगै हिमगंगा तिलबारीका ८२ घर परिवार स्थानीयले सहज रुपमा खानेपानीको उपभोग गर्न पाउने छन ।
गाउँमा नै खानेपानीको स्रोत नहुँदा यहाँका बासिन्दा एक घण्टा धाएर खानेपानी लिन खोलामा जानुपर्ने बाँध्यता थियो । स्थानीय सुष्मा सुनुवारले अब घरकै धारामा पाउने आउने भएपनि निकै खुसी लागेको बताइन ।
२०७४ मंसिरबाट सुरु भएको आयोजनाको म्याद २०७६ जेठ महिनासम्म रहेको छ । इनजीनियर भट्टराईका अनुसार अबको एक महिनामा पङखर पचले तिलवारी लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेर स्थानीयको घरघरमा पानी वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्