रामेछापको छतिवनेमा बाटो बनाउन गएको डोजर पल्टियो (फोटोफिचर)



९ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–६स्थित खिम्ती खोलाको छतिवनेमा सडक निर्माण गर्न गएको स्काभेटर (डोजर) पल्टिएको छ । अविरल बर्षासँगै गत बर्ष पहिरो आएको स्थानमा खोलाले सडक अवरुद्ध बनाएपछि निर्माण गर्ने क्रममा आज दिउसो खोलाले डोजर पल्टाएको हो ।

यातायात अवरुद्ध भएपछि गोकुलगंगा गाउँपालिकाले छतिवेनमा सडक निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । पहिरोको कारण अवरुद्ध भएको सडक सञ्चालन गर्न जेसिवीले आज बिहानबाटै काम थालेको थियो । खोलाबाटै डोजर चलाउने क्रममा पल्टिए पनि अपरेटर रामकुमार खड्काको भने उद्दार गरिएको छ ।

गोकुलगंगा गाउँपालिका फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले रामेछाप न्युजसँग भने,‘अवरुद्ध सडक पुनः सञ्चालन गर्न पालिकाले नै सडक निर्माणको पहल गरेको हो, तर अप्रेटरले खोलाको सतह थाहा नपाउदा पल्टिन पुग्यो, पल्टिएको डोजर निकाल्नको लागि अर्को मेसिन मगाएका छौं ।’ उनका अनुसार डोजर अप्रेटरको अवस्था सामान्य छ ।


वडा अध्यक्ष सुनुवारका अनुसार छतिवने खोला आएको बाढीको कारण गोकुलगंगा, उमाकुण्ड गाउँपालिकामा सञ्चालन हुने यातायात अवरुद्ध भएका छन् । उनले भने,‘छतिवनेमा आधा किलोमिटर सडक खोलाले बगाएको छ, हामी कसरी हुन्छ यातायात सञ्चालन गर्ने कार्यमा जुटेका छौ ।’

सडक अवरुद्ध हुँदा जिरीबाट घुमेर आउनु पर्ने बाँध्यता रहेको छ । एक बर्ष अघि पनि छतिवनेमा आएको बाढीको कारण मानिसहरुको ज्यान लिनुको साथै खिम्तीमा ठूलो नोक्सानी गरेको थियो ।


गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खड्काले छतिवनेमा बर्षेनी पहिरो जादा निकै सास्ती भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘छतिवनेमा पहिरो जादा गाउँपालिकाका बासिन्दाले निकै ठूलो सास्ती र दुःख पाउने गरेका छन् ।’ तत्कालको लागि बैकल्पिक मार्ग नहुँदा छतिवेनबाटै सडक सञ्चालन गर्नुपर्ने बाँध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LFeMqJPuSuN, bS2uWvMI, P0okFcH2wkf5urVl, d976dMJ, raQci0Ni8gDe, ZGrJxl7vk, C2roj5dPHpMrve1, ADaor7oqTy2G, Z2U2xF4dL5, cDUCLpBhiNlOS