साहित्यकार श्रेष्ठको उपन्यास ‘आभास’ सार्वजनिक



रामेछाप जिल्ला रामेछापनगरपालिका–७ मा जन्मिएका साहित्यकार विनोद कुमार श्रेष्ठको उपन्यास ‘आभास’ सार्वजनिक भएको छ । आफ्नो सपनालाई सार्थक तुल्याउन संघर्ष गरिरहेको पात्रको आवारणमा आभासको भित्री कथा रहेको साहित्यकार श्रेष्ठले बताए ।

उनका अनुसार जीवनले निधो गरेको आकांक्षालाई परबाट देख्दा उठ्ने बेचैनी र समिपबाट नियाल्दा संचार हुने सुखानुभूतिलाई मिहीन ढंगले केलाइएको बताउदै उनले सपनासँग जोडिन आएका आत्मिय सम्बन्धहरूको अपेक्षा र त्यसले उब्जाउने परिस्थितिहरू समावेश गरिएको छ ।

शब्दार्थ प्रकाशनको १४ औँ वर्ष प्रवेशको उपलक्ष्यमा राजधानीमा एक साथ विभिन्न साहित्यकारहरुले लेखेको पुस्तक आफै लोकार्पण गरेका हुन् । ‘आफ्नो पुस्तक आफै लोकार्पण’ भन्ने अभिव्यक्तिको साथ ८० देखि ३० वर्ष उमेरका विभिन्न पुस्तकहरु एक साथ बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्