अपडेटः छतिवनेमा अबरुद्ध सडक खुलाउन जनप्रतिनिधिको सक्रियता (फोटोफिचर)



१० भदौ, रामेछाप ।
रामेछापको दुई गाउँपालिका जोडने सडक अवरुद्ध भएपछि पुनः सुचारु गर्न जनप्रतिनिधिहरुले लागेका छन् । लिखु तामाकोसी गाउँपालिका–६ छतिवनेमा सडक अवरुद्ध भएपछि गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा सञ्चालन हुने यातायात तीन दिनयता अवरुद्ध छ ।

खिम्ती खोलाको छतिवनेमा आएको पहिरोको कारण अवरुद्ध भएको सडक सञ्चालन गर्नको लागि शनिवार आएको स्काभेटर (डोजर) खोलाले पल्टाएको थियो । खोलामा फसेको स्काभेटर निकाल्ने काम आइतवारबाट सुरु भएको छ । गोकुलगंगा गाउँपालिका फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवार दिनभर सडक सञ्चालन गर्ने कार्यमा खटिएका थिए ।

गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खड्काले सडक सञ्चालन गर्ने क्रममा खोलामा पल्टिएको स्काभेटर निकाल्न आइतवारबाट काम सुरु भएको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘केही दिनभित्र नै सडक सुचारु गर्ने गरी काम भइरहेको छ, खोलाको सतह ७० प्रतिशत साविक खोला बहने स्थानतिर नै फर्काइको छ, स्काभेटर निकाल्न बीमा कम्पनीका प्रतिनिधि आएपछि काम अगाडि बढछ ।’


प्रवक्ता खड्काले छतिवनेमा बार्षेनी पहिरो आउने समस्याको कारण दुःख भइरहेको बताउदै वैकल्पिक सडक निर्माणको लागि पनि यस बर्ष गाउँपालिकाले बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्