एक बर्षभित्र मन्थली नगरपालिकाको सबै क्षेत्रमा बिजुली बल्ने



१२ भदौ, रामेछाप । रामेछापको मन्थली नगरपालिकाभित्र आगामी एक बर्षभित्र विद्युतीकरण हुन नसकेको क्षेत्रमा विद्युतीकरण हुने भएको छ । नगरपालिकाले एक बर्षभित्र सबै क्षेत्रमा विद्युतीकरण गर्ने र काठको पोल विस्थापित गरेर स्टीलको पोल हाल्ने योजना अगाडि सारेको हो । मन्थली नगरपालिकाले ‘उज्यालो नगरपालिका’ अन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका क्षेत्रमा तत्काल काम अगाडि बढाउने भएको छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले उज्यालो नगरपालिकाको परिकल्पनालाई सार्थक पार्नको लागि काम गरिरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘मन्थली नगरपालिकाको वडा नम्बर ७ को भटौली, वडा नम्बर ८ र ९ मा पनि विद्युतीकरण भएको छैन, अर्चले क्षेत्रमा हामी दशै अगाडि नै बिजुली बाल्छौ ।’ आगामी एक बर्षभित्र नगरपालिकाभित्र बिजुली नबलेको घर हुने छैन, उनले भने ।
नगरपालिका घोषणा भएको लामो समय वितिसक्दा समेत नगरपालिकाको सबै वडाभित्र अझैसम्म विद्युतीकरण हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्