बिपी राजमार्गमा माेटरसाइकल दुर्घटनाः एककाे निधन



१२ भदाै, सिन्धुली । ओखलढुङ्गाबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको यातायातको बसले मोटरसाइकललाई बीपी राजमार्गको मुल्कोटमा ठक्करदिँदा मोटरसाइकल चालक भारत सितामढीका २३ वर्षीय पंकज राउतको निधन भएको छ । उपचारका लागि अस्पताल लादैगर्दा राउतको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सर्लाही जिल्ला मलङ्गवा–१० का रजनीकान्त झा गम्भीर घाइते भएको जनाइएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा ४ ख ६१२ नम्बरको बसले सुनकोशी गाउँपालिका वडा नम्बर ५ को मूल्कोटमा बा ८३ प २७३२ नम्बरको मोटरसाइकललाई साँझ  ठक्कर दिएको थियो । बसका चालक सुनिल बस्नेतलाई प्रहरी हिरासतमा लिइएको छ । बस र चालकलाई खुर्कोटमा राखिएको  जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्