यति एअरलाइन्सको विमान दुर्घटना,विमानस्थल अवरुद्ध



१६ भदाै,काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एअरलाईन्सको विमान दुर्घटनामा परेपछि विमानस्थल अवरुद्ध भएको छ ।

तस्बीरः इन्द्रलक्ष्मी घिमिरेकाे फेसबुकबाट

नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यति एअरलाइन्सको NYT424 नम्बरको विमान विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लीएर दुर्घटनामा परेको थियो ।

नेपालगन्जबाट ६ बजेर ५० मिनेटमा उडेको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएपनि विमानमा सवार २१ जना यात्रु सकुशल रहेकाे  विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्