यति एअरलाइन्सको विमान दुर्घटना,विमानस्थल अवरुद्ध
१६ भदाै,काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एअरलाईन्सको विमान दुर्घटनामा परेपछि विमानस्थल अवरुद्ध भएको छ ।
![](http://ramechhapnews.com/wp-content/uploads/2018/09/40400063_2268257579871086_5006806280761769984_n.jpg)
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यति एअरलाइन्सको NYT424 नम्बरको विमान विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लीएर दुर्घटनामा परेको थियो ।
नेपालगन्जबाट ६ बजेर ५० मिनेटमा उडेको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएपनि विमानमा सवार २१ जना यात्रु सकुशल रहेकाे विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।