मन्थलीमा तीब्र गतिमा सवारी चलाए ठाउँको ठाउँ कार्वाही



राजन महतारा क्षेत्री
१७ भदौ, रामेछाप ।तीब्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने भएको गति रोक्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गति मापद यन्त्र सञ्चालनमा ल्याएको छ । अत्याधिक गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना हुने भएकाले आजबाट प्रहरीले गति मापन यन्त्र सञ्चालनमा ल्याएको हो ।
सदरमुकाम मन्थलीको बजार क्षेत्रमा पनि तीब्र गतिमा सवारी साधन सञ्चालन हुँदा पैदल यात्रुहरुलाई समेत हिडन कठिनाई भएको भन्दै गुनासो बढेपछि गति मापद यन्त्र सञ्चालनमा ल्याएको प्रहरीले बताएको छ ।


ट्राफिक प्रहरी कार्यलय रामेछापका इन्चार्ज रामेश्वर पाण्डेले नियमित रुपमा सबारी साधनको गति मापन गर्ने यन्त्र सन्चालनमा ल्याइएको रामेछाप न्युजलाई बताए ।
उनका अनुसार आज मन्थली बजारभित्र आवातजावत गर्ने सवारी साधनको गति मापन गरिएको छ । सदरमुकाम प्रवेश गर्ने र बाहिरिने केही सवारी साधनहरु धेरै गतिमा सञ्चालन गरेको पाइएकाले बताउदै पाण्डेले अब सवारी साधनको गति प्रतिसेन्ड ३० भन्दा माथि भएको पाइएमा कार्वाही हुने बताए । उनले भने,‘आज पनि केही सवारी साधनले तीब्र गतिमासञ्चालन गरेको पाइयो, सुरुको दिन भएकाले सचेत मात्र गराएर छोडियो, अब तीब्र गतिमा सवारी हाँक्नेलाई कानुन अनुसार कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्