रामेछापमा बाघको आक्रमणबाट तीन जना घाइते, दुईको अवस्था गम्भीर



१८ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगाको चिलाउने खर्कमा बाघको आक्रमणमा परी तीन जना घाइते भएका छन् । बाँधको आक्रमणबाट दुई जना गम्भीर रहेका छन् । आज बिहान गाईको बाच्छो खाइरहेको बाघलाई लखेटने क्रममा बाघले आक्रमण गरेको थियो ।

घाइते हुनेहरुमा रामेछाप नगरपालिका– हिमगंगा चिलाउने खर्कका ६५ बर्षिय दलबहादुर बिक, ३२ बर्षिय छत्र बहादुर तामाङ र ४९ बर्षिय तेजबहादुर तामाङ रहेका छन् । घाइतेहरुको अहिले जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार गम्भीर घाइते भएका तीनै जनालाइर्भ थप उपचारकाे लािग भोली काठमाडौ पठाउने तयारी गरिएको छ । दिउसो दलबहादुर बिकलाई घास काटन जाने क्रममा बारीमा बाघले आक्रमण गरेको नगरप्रमुख थापामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्