जिप्रका रामेछापका नायव सुब्बा भुजेल जनसेवा श्री पदकबाट विभुषित



१८ भदौ, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा पदकबाट सम्मानित भएका छन् । निजामती सेवामा राम्रो काम गरेको भन्दै भुजेललाई जनसेवा पदकबाट सम्मानित गरिएको हो ।


मंगलवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भुजेल सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि निजामती सेवामा कार्यरत भुजेलले गरेको कार्य सम्पादको आधारमा पदक पाउन सफल भएका छन् ।
मन्थली माविका प्रअ टंकप्रसाद दाहालले विद्यालयका पूर्व विद्यार्थी एवं पूर्व शिक्षक भुजेल जनसेवा श्री जस्तो राष्ट्रकै गरिमामय पदकवाट विभूषित हुनु भएकोमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्