कुलमान घिसिङ ‘सुप्रबल जनसेवा श्री’ बाट सम्मानित



२० भदौ, काठमाडौं ।
सरकारले उत्कृष्ट सेवा गरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । नेपाली जनताको हितमा पुर्याएको योगदानको कदर घिसिङलाई ‘सुप्रबल जनसेवा श्री’ मान पदवीबाट सम्मान गरिएको हो ।

घिसिङलाई प्राधिकरणको कार्यकारी प्रमुख पदमा रही देशको ऊर्जा संकट निवारणमा खेलेको भूमिकाका लागि मान पदवी दिइएको हो । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी घिसिङलाई ‘सुप्रबल जनसेवा श्री’ मान पदवी प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्