रामेछापमा खिम्ती खोलाले ५३ लाख बगायो



२२ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका हुँदै बहने खिम्ती खोलाले ५३ लाख रुपैयाँ क्षति पुर्याएको छ । खिम्ती फर्पु नामाडी रस्नालु खण्ड अन्तर्गतको छतिवनेमा निर्माणाधिन सडक सम्पन्न नहुँदै खोलाले बगाएदा ५३ लाख रुपैयाँको क्षति भएको हो । सडक डिभिजन कार्यालय खुर्कोटले गत बर्ष छतिवनेमा बगाएको आधा किलोमिटर सडक निर्माणको लागि २ करोडमा ठेक्का लगाएको थियो ।


सडक डिभिजन कार्यालय खुर्कोटका इन्जिीनियर रामबहादुर विश्वकर्माले खिम्ती खोलाको बाढीको कारण निर्मानाधिन सडकमा क्षति पुगेको बताए । उनले रामेछाप न्युजसँग भने,खिम्ती खोलाको कारण प्रारम्भिक रिपोर्ट अनुसार ५३ लाखको क्षति भएको छ । खोला सडकमाथि माथि पस्दा मुख्य गरी स्थानमा बढी क्षति पुगेको छ ।’

दुई साता अघि उक्त सडक पुनः सुचारु गर्ने क्रममा स्काभेटर खिम्ती खोलाले बगाएको थियो । रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका जाने मुख्य सडक गत बर्ष छतिवने खोला आएको बाढीले क्षति पुर्याएको थियो ।
खोलाको कारण् बगाएको सडकको पुननिर्माण ठेक्का पाएको कम्पनीले गर्ने डिभिजन कार्यालय खुर्कोटले बताएको छ । ठेक्का सम्झौता अनुसार काम सम्पन्न नभर भत्किएको अवस्थामा ठेकेदार नै उक्त संरचनाको निर्माण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्