लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोवीमा बन्यो नमूना विद्यालय



२२ भदौ, रामेछाप ।  लिखु तामाकोसी गाउँपालिकाको केन्द्र धोवीमा भुकम्पपछि नमूना विद्यालय निर्माण भएको छ । वीस महिनाको अवधिमा निर्माण भएको अत्याधुनिक र सुविधा सम्पन्न नवनिर्मित झट्टेश्वर मावि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

एडिबीको आर्थिक सहयोगमा १० करोड ६३ लाख रुपैयाँमा निर्माण भएको पाँच वटा ब्लक रहेको विद्यालय निर्माण भएपनि विद्यार्थी, शिक्षक र अभिभावकमा खुसियाली छाएको छ ।
तीन बर्ष अघि गएको विनाशकारी भुकम्पको कारण भत्किएको विद्यालय पुननिर्माण वीस महिना अघि सुरु भएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई ९शिक्षा० रामेछापका प्रमुख हेमन्त कुमार बुढाथोकीले पाँच वटा भवन रहेको विद्यालय अत्याधुनिक रुपमा निर्माण गरिएको जानकारी दिए ।


शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमकोबीच नवनिर्मित विद्यालयको साँचो इकाई प्रमुख बुढाथोकीले लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द्र खडका र विद्यालयका प्रअ रुपमणि वस्नेत खड्कालाई हस्तान्तरण गरे ।
नवनिर्मित विद्यालय भवनमा दुई वटा शौचालय, ल्याब, पुस्तकालय, प्रशासनिक भवन लगायतका रहेका छन् । बुढाथोकीले रामेछाप न्युजसँग भने,‘राम्रो विद्यालय निर्माण भएको छ, विद्यालयको संरक्षण र सम्बद्र्धन गर्ने काम विद्यालयका विद्यार्थी शिक्षक, अभिभावक र स्थानीय तहका जनप्रतिनिधिहरुको हो ।’
खानी÷शर्मा÷डाँफे जेभी काठमाडौंले निर्माण गरेको विद्यालय भवन गाउँपालिकाकै नमूना भवनको रुपमा चिनिएको छ । विद्यालयका अनुसार भट्टेश्वर माविमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् । आइतवारबाट विद्यार्थीहरुले नयाँ भवनमा पढन पाउने भएका छन् । झट्टेश्वर मावि लिखु तामाकोसी गाउँपालिकामा सबै भन्दा बढी विद्यार्थी रहेको विद्यालय हो ।

प्रतिक्रिया दिनुहोस्