खोलाले बगाएर मृत्य भएका तामाङ परिवारलाई २ लाख राहत



२३ भदौ, रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख उपलब्ध गराएको छ ।

गत भदौ ११ गते खोलामा आएको बाढीले बगाएर मृत्यु भएका गाउँपालिका–५ नागदहका सिंह बहादुर तामाङ र उनकी श्रीमती रनमाया तामाङका परिवारलाई रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले दुई लाख रुपैयाँ राहत प्रदान गरेका हुन् ।

सरकारले उपलब्ध गराउने प्रति मृतक एक लाखका दरले २ लाख रुपैँया जिल्ला विपद् व्यवस्थापन समितिकाले प्रदान गरेको प्रजिअ शर्माले जानकारी दिए । मृतक दम्पती तामाङका ५ जना छोराछोरी रहेका छन् । उक्त कार्यक्रममा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्