हराएको हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त भेटियो



२३ भदाै, काठमाडौं । गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा धादिङको जंगलमा भेटिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार 9NALS कल साइन भएको उक्त हेलिकोप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटना भएको अवस्थामा भेटिएको छ।  तर यात्रुको अवस्था के कसो छ जानकारी नरहेकाे उनले बताए । उद्दारका लागि गएका हेलिकोप्टरबाट तल देखियो तर ल्यान्ड गर्न सकिएको छैन।’

को को थिए हेलिकोप्टरमा ?

  • हिरोमी कामात्सु (पासपोर्ट नम्बरः TK713612068 YEAR)
  • दिल्लीबहादुर गुरुङ (४० वर्ष, रामेछाप)
  • हिरा शेर्पा (वर्ष ३५, दोलखा
  • ल्हो आनि डोल्पा डिकि (गोरखा, चुमनुब्री २)
  • छोवाङ नुर्बु (गोखरा, चुमनुब्री १)
  • सुनिल तामाङ (वर्ष २२)
  • निश्चल केसी (पाइलट)

प्रतिक्रिया दिनुहोस्