रामेछापमा बन्द रहेको मन्थली विमानस्थलमा अब नियमित जहाज उडने



काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक मात्रामा ट्राफिक जाम हुन थालेपछि हवाई उडान कम्पनिहरुले वैकल्पिक विमानस्थललाई प्रयोग गर्ने भएका छन् ।
रामेछापको मन्थलीमा रहेको ‘मन्थली विमानस्थलमा’ समिट एअरले आगामी उडान अवतरण गराउने भएको छ ।

समिट एअरले पर्यटक आउने सिजन सुरु भएसँगै रामेछापबाट ‘फ्लाईट अपरेशन गर्न एजेन्टहरुलाई औपचारिक पत्रचार गरेको छ ।

खासगरी त्रिभूवन विमानस्थलमा लुक्लाबाट आउने विमान अत्याधिक मात्रामा हवाई ट्राफिकमा पर्ने भएपछि रामेछाप लुक्लाको अपरेशन हुने भएको हो ।
समिट एअरकी महाप्रवन्धक मन्जरी डंगोलले आगामी सिजनभरी रामेछापबाट फ्लाईट अपरेशन गर्न लागिएको जानकारी दिइन् ।
अगामी सेप्टेम्बरबाट रामेछापको मन्थलीबाट उडान गर्न लागिएको डंगोलले जानकारी दिइन् ।

‘यसपाली काठमाडौं विमानस्थलमा अत्याधिक ट्राफिक कन्डिसन विग्रीयो । हामीले बाहिर जिल्लाबाट आएको फलाईटलाई रामेछापमा ल्याण्ड गराउने छौँ,’ उनले भनिन्,‘रामेछाप लुक्ला पनि मन्थली विमानस्थलबाटै हुनेछ । रामेछापबाट भयो भने लोड धेरै हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्