दर खाने दिन सुनापती गाउँपालिकाकी कविता श्रेष्ठलेद्धारा आत्महत्या



२६ भदौ, रामेछाप । महिलाहरुको पव हरितालिका तिज अन्तर्गत दर खाने दिन नै सुनपती गाउँपालिकामा एक महिलाले भने आत्महत्या गरेकी छिन । सुनापती गाउँपालिका ५ देसारगाउँकी ३३ बर्षिय कविता श्रेष्ठले आत्महत्या गरेकी हुन् ।

घर नजिकै भुकम्प प्रतिरोधी नयाँ घरको बाहिर ढोकामाथि पाखाको दलिनमा लाइलनको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजलाई बताए । उनका अनुसार मृतक श्रेष्ठको लाश पोष्टमार्टमको लागि सदरमुकाम मन्थली ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्