रामेछापका कर्मचारी कार्यालय खोज्दै सिंहदरवारमाः सेवाग्राहीलाई सास्ती



राजन महतारा क्षेत्री
२७ भदौ, रामेछाप । जिल्लाको भू–संरक्षण कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी प्रमुखदेखि कर्मचारी नभएपछि कार्यालय भने कार्यालय सहयोगीको भरमा चल्दै आएको छ । जिल्ला भू–संरक्षण कार्यलयका प्रमुख रोजश प्याकुरेल १५ दिनदेखि कार्यलयमा छैनन ।

१५ दिन अघिदेखि कार्यकक्षको बाहिरको ढोकामा कार्यलय प्रमुख राजेश प्याकुरेल भित्र भनेर लेखिएको छ तर कार्यलयमा १५ दिनदेखि कार्यालय प्रमुख प्याकुरेल देखिँदैनन ।
कार्यलय प्रमुख मात्र हैन भू–संरक्षण कार्यलयका प्रविधिक बलराम प्रजापति ,कृषि प्रविधिक सुनिता तामाङ्घ पनि केही महिनादेखि कार्यालयमा छैनन । कार्यलय प्रमुख र प्राविधिक नहुदा सेवाग्राही मर्कामा परेका छन् । हाल जिल्ला भू– संरक्षण कार्यलयमा कार्यालय सहयोगी रामकृष्ण घिमिरे र कृष्ण थापाको भरमा सञ्चालन हुँदै आएको छ ।
रामकृष्ण घिमीरेलाई सेवाग्रही आउदा के भनेर पठाउनु गर्नुभएको छ भनेर रामेछाप न्युजको प्रश्नमा उनले भने,‘के कामले आउनु भएको छ कागजपत्र छोडेर जानुस हाकीम’साप आएपछि काम हुन्छ भनेर पठाउने गरेका छौ ।’

१५ दिनदेखि कार्यालय प्रमुख विहीन छ । कार्यालय प्रमुख प्याकुरेलले खारेज भएको कार्यालय र कर्मचारी व्यवस्थापन गर्नको लागि मन्त्रालयमा दबाब दिन गएको जवाफ दिए । कार्यलयमा कर्मचारी नहँुदा कार्यालय सुनशान छ भने काम लिएर आउने सेवाग्राहीरु पनि रित्तो हात घर फर्कने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्