पर्यटकीयस्थल सैलुङ्गमा बन्यो भ्यु टावर, बढे पर्यटक



नारायण श्रेष्ठ
२८ भदौ, रामेछाप । पर्यटकीयस्थल सैलुङ्गमा भ्यु टावर निर्माणको कार्य सम्पन्न भएको छ । रामेछाप र दोलखाको सीमाना सैलुङ्गमा पहिलो पटक भ्यु टावरको निर्माण भएको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्रालय मार्फत निर्माण भएको भ्यु टावरले पर्यटक प्रबद्र्धनमा थप टेवा पुग्नेछ । आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उदेश्यले सरकारले भ्यू टावर निर्माण गरेको हो ।


खानी निर्माण सेवाले १ करोड ६५ लाख रुपैयाँमा भ्यु टावर १३ मिटर उचाई ६ मिटर चौडाई रहेको छ । खानी निर्माण सेवाका अध्यक्ष रत्न गौतमले समयमा नै काम सम्पन्न गरेको रामेछाप न्युजलाई बताए ।
सय वटा डाँडाहरु रहेको सैलुङ्गलाई नयाँ पर्यटन गन्तव्यको रुपमा विकास गर्न सरकारले भ्यु टावर निर्माण गरेको हो । खोलाखर्कबाट भ्यु टावरमा पुग्न करिब एक किलोमिटरको पैदल यात्रा गर्नुपर्छ ।

सैलेङ्गमा चौरी भेडा पर्यटन आर्कषण क्षेत्रको रुपमा रहेको छ । प्राकृतिक रुपमा सैलुङ्गबाट देखिने दृष्यहरुले पर्यटकहरुलाई थप आकृर्षित गर्न सरकारले भ्यु टावर निर्माण गरिएको हो । समुन्द्री सतहबाट सैलुङ्ग झण्डै ३२ सय मिटरको उचाईमा रहेको छ ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले भ्यु टावर निर्माणले सैलुङ्गको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाले पयर्टकीयस्थल सैलुङ्गमा भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेको छ, सैलुङ्गको पर्यटन क्षेत्रको विकासमा जुटेका छौ ।’

खानी निर्माण सेवाबाट भ्यु टावर निर्माणको जिम्मेवारी लिएका अम्बर लामाले भ्यु टावर निर्माणपछि आन्तरिक एवं बाह्य पर्यटकको संख्या बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्
ZpmYfkzQ, Bazwc3isZ9C, iqsXmH6KHca5WAt, rPEMvjQwU1QC, mMFbEE4oZYFRYisZ, XZNma, Ykh5Ca, Y1iNSTI6NBTDlF, nZIXA1H5Osj