स्थानीय तह अब कागजविहीन हुने



२८ भदौ, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ ।

मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै कागजविहीन बनाउनका लागि ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा मन्त्रालयले उक्त प्रणाली ल्याउन थालिएको मन्त्रालयका सूचना प्रविधि शाखाका कम्प्युटर अधिकृत देवेन्द्र झाले बताए ।

प्रणाली प्रयोगमा ल्याइसकेपछि स्थानीय तहका काम पूर्णतया डिजिटलमा जाने छन् । “सेवाग्राहीका कामको लागि मूल दर्तामा कुनै कागज ‘स्क्यानिङ नगरिने बताउदै उनले अफिस अटोमेशन प्रणालीको काम आधा सकिएको बताए । अधिकृत झाका अनुसार अहिले युजर, एप्लिकेशन, वेभवेस एप्लिकेशनको काम भइरहेको छ । मन्त्रालयले तयार पारिसकेपछि उक्त प्रणाली निःशुल्करुपमा सबै स्थानीय तहलाई उपलब्ध गराउनेछ । मन्त्रालयका अनुसार हाल १५० स्थानीय तहमा इन्टरनेट सेवा पुगेको छैन् ।

प्रतिक्रिया दिनुहोस्